राष्ट्र बैङ्कको सञ्चालक समितिमा अर्थ सचिवको उपस्थितिले झनै राम्रो भएको छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिमा अर्थ सचिवको उपस्थितिले राष्ट्र बैङ्कको काम कारबाहीमा कुनै अप्ठ्यारो नपारेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको अर्थ समितिले आज सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अर्थ सचिवको उपस्थितिले राष्ट्र बैङ्कलाई अप्ठ्यारोभन्दा झनै राम्रो गराइरहेको स्पष्ट पार्नुभएको छ ।

“नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिमा अर्थ सचिवको उपस्थितिले राष्ट्र बैङ्कको काम कारबाहीलाई झनै राम्रो बनाइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म हाम्रो अनुभवमा अर्थ सचिवको सञ्चालक समितिमा भएको उपस्थितिले हस्तक्षेप भएको हामीले पाएका छैनौँ ।”
गभर्नर पौडेलले राष्ट्र बैङ्कको काम कारबाही गर्न र सञ्चार गर्नका लागि भने झनै सरल भएको अनुभव गरेको बताउनुभयो । नेपाल राष्ट्र बैङ्कको काम कारबाहीमा नेपाल सरकारको स्वीकृति लिनका लागि सहज भएको उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्