तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज पूर्वसांसद कोइरीलाई कानुनसम्मत रुपमा थुनामा राख्नुपर्ने नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

पूर्व सांसद कोइरीका छोरा मनोजकुमार महतोले गैरकानुनीरुपमा थुनामा राखेको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो ।

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद कोइरीलाई यही असार १८ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button