तपाईँ सुन्दै हुनुहुन्छः

लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिनुभयो ।

बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो । समितिको कामकारबाहीमा सहजीकरणका लागि पाँच उपसमिति गठनको प्रस्ताव गरिएको छ । प्रस्तावित उपसमितिका सम्बन्धमा सबै दलको प्रतिनिधित्व रहेको कार्य परामर्श उपसमितिमा थप छलफल गरी टुङ्गोमा पुग्ने सहमति भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button