तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरू जिम्मेवार बन्नुपर्छ : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभएको छ । 

६८औँ संसद् दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गौतमले जनताका तमाम समस्यालाई समाधान गर्ने र त्यस विषयमा कसरी सरकारलाई जबाफदेही बनाउने भन्ने विषयमा बहस गर्नुपर्ने बताउनुभयो ।

मन्त्री गौतमले सदनको समय शिक्षा, स्वास्थ्य र जनसरोकारका विषयमा सरकारलाई जबाफदेही बनाउन खर्चिनुपर्ने बताउनुभयो ।

कानुनमन्त्री गौतमले संसद् जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिँदै संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।  

उहाँले पछिल्लो समय संसद्को गुणस्तर खस्किँदै गएको भन्ने विषयमा संसदमा सांसदहरुले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोसाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button