तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउनमा गर्दै प्रतिनिधिसभामा प्रतिपक्षीको विरोध 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गर्नुभएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आ–आफ्नो स्थानबाट उठेर विरोध गर्नुभएको हो ।

बैठकमा सभामुख अर्यालसँग समय लिएर नेकपा एमालेका सांसद पुष्पराज कँडेलले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नै पर्ने बताउनुु भयो । 

सांसद कँडेलले नेपालले भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्तिलाई दुई देशबीच सिमाका विषयमा वार्ता हुँदा भारतले यसलाई प्रमाणका रुपमा राख्न सक्ने हुनाले सच्याउनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले लोकतन्त्रको आधारलाई हल्लाउने र षड्यन्त्र गर्नेगरी आएको बताउनुभयो । 

उहाँले आवधिक चुनावमा यो पटक हारेको भएपनि सधैँका लागि नहारेको भन्दै पुनः प्रतिस्पर्धी शक्ति बनेर आउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धका कुनै पनि कार्यको डटेर सामना गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहनु पर्ने बताउनुभयो । 

सांसद काउचाले नेपालको संविधान र कानूनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नपाउने व्यवस्था भएपनि रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको भन्दै त्यसको विरोध गर्नुभयो ।  

श्रम संस्कृति पार्टी प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिका विरुद्ध संसदमा जवाफ माग गरिरहेका बेलो चितवन गएर स्पष्टीकरण दिने होइन भन्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो भनि प्रश्न गर्नुभयो ।

उहाँले फिफाले एन्फालाई निलम्बन गरेको घटनाले हजारौँ खेलाडीको भविष्यमा असर परेको भन्दै निलम्बन फुकुवाका लागि सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button