तपाईँ सुन्दै हुनुहुन्छः

एकैदिन ३३ जना फरार अभियुक्त कारागार चलान  

वीरगञ्ज । चार वटा मुद्दामा कैद सजाय भई फरार भएका राजेश सहनी सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन  विशेष टोलीले एकैदिन ३३ जना फरार अभियुक्तलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेश गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस नोटमा बैङ्किङ कसुर, चेक अनादर लगायत विभिन्न ४ वटा मुद्दामा अदालतबाट कैद सजाय भई फरार रहेका पर्सा जिल्ला पकाहा मैनपुर गाउँपालिका वडा नम्बर २ निवासी ३४ वर्षीय राजेश सहनीलाई आज अदालतमा पेश गरेको छ । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी हरि बहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार पर्सा जिल्ला अदालतबाट विभिन्न मितिमा भएको फैसला कार्यान्वयनको सिलसिलामा कुटपिट लुटपाट, गैर कानुनी साधारण सभाको कारबाही, चेक अनादर, बैंकिङ्ग कसुर,जालसाझि, करकाप, हानी नोक्सानी, लेनदेन बिगो, सम्बन्ध बिच्छेद, नाता कायम लगायतका मुद्दामा फरार रहेका अन्य ३२ जना गरी ३३ जना अभियुक्तहरूलाई पक्राउ गरी अदालत पेश गरिएको र अभियुक्तहरूलाई आजै पर्सा जिल्ला अदालतले कैद भुक्तानका लागि वीरगन्ज कारागार पठाएको छ । 

अदालत पेश भई कारागार चलान भएका अभियुक्त हरुमा मोहन प्रसाद कलवार, जगदिश राउत अहिर, राम हजारा दुसाद, चोकट साह तेली, सैनुन चुहारीन, बसुरुद्धिन अन्सारी, सहजना खातुन, अनिता देवी तेली, लक्ष्मी साह कानु, कालिका सिंह राजपुत लगायतका ३३ जना रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button