तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैङ्क संशोधन विधेयक छलफलका लागि स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल राष्ट्र बैक तेस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

अर्थमन्त्री डा. वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशिल बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले उपयुक्त छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्नेगरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो ।

विधेयकमाथिको छलफलमा सहभागी सांसदहरुले राष्ट्र बैङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउदै डिजिटल भुत्तान, साइवर जोखिम लगायतका विषयमा विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

यस्तै प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ प्रस्तुत भएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक भोली जेठ २९ गते शुक्रवार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button