तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा गतिरोध अन्त्य, सभा सुचारु

काठमाडौँ । विगत केही दिनदेखी जारी प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच आज भएको छलफलपछि सदनको गतिरोध अन्त्य भएको हो ।

प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनालले सदनमा जवाफ दिने सहमति भएसँगै सदन सुचारु भएको हो । बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्ति उहाँले सच्याउनु पर्ने भन्दै आफूहरूले प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन खोजेको बताउनुभयो । 

बैठकको आकश्किम समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ज्ञानु पोखरेलले मानव तस्करीमा पररे भरतको पु¥याइएका ४ सय ५३ युवायुवती नेपाल फर्काइएको विषयमा जानकारी गराउँदै मानव तस्करको स्वरूप परिवर्तन भएको र विभिन्न प्रलोभनमा पारी मानव अङ्ग बेचबिखनसम्म हुने गरेको भन्दै यस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बलावती शर्मा नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको आफ्नै श्रीमानले हत्या गरेको विषयमा सत्यतथ्य छानविन गरि दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले विभिन्न अस्पतालहरूमा क्यान्सर रोग र किमोथेरापी लगायतका बिरामीका लागी औषधी नहुँदा बिरामी मारमा परिरहेको भन्दै समयमा नै औषधीको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसदमा विषय उठाएकै कारण आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले ९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले आधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसदमा विषय उठाउँदाखेरि सुनियोजित रुपमा आफूलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने तथा आक्रमण गर्ने जस्ता धम्की सामाजिक सञ्जालबाट आइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button