तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले कलैयामा विद्युत् संरचनामा ठूलो क्षति: बरियारपुर र सितलपुर क्षेत्रको विद्युत् सेवा अवरुद्ध

बीरगंज। आज बिहान आएको हावाहुरीले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्र अन्तर्गत पर्ने बरियारपुर र सितलपुर फिडर क्षेत्रमा विद्युत् संरचनामा ठूलो क्षति पुर्‍याएको छ ।

भीषण हावाहुरीले सो क्षेत्रमा दर्जनौँ विद्युत् पोल ढालिदिएको छ भने तारहरू चुँडिएका छन् । साथै, रुखका हाँगाहरू विद्युत् लाइनमा खस्दा र केही स्थानमा पोल नै उक्किँदा ती फिडरहरू अन्तर्गतका क्षेत्रमा पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् आपूर्ति अवरुद्ध भएपछि स्थानीय बासिन्दा प्रभावित भएका छन्  । क्षति पुगेका संरचनाको मर्मत तथा विद्युत् सेवा पुनः सञ्चालनका लागि सम्बन्धित प्राविधिक टोली परिचालन गरिएको नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button