नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट
काठमाडौँ । चीनले लगातार दोस्रो हार बेहोरेसँगै नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट भएको छ ।
सिंगापुरमा भइरहेको छनोटमा चीन लगातार २ हारका साथ प्रतियोगिताबाट बाहिरिएपश्चात् नेपाल १ खेल अगावै प्रतियोगितामा सेमिफाइनल पुग्नुका साथै एसियन गेम्सका लागि छनोट भएको हो ।
पहिलो खेलमा नेपालसँग २२१ रनको फराकिलो अन्तरले पराजित चीन मङ्गलवार भएको दोस्रो खेलमा मलेसियासँग ९ विकेटले पराजित भयो । मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमिफाइनल पुग्दै एसियन गेम्सका लागि छनोट भएको छ ।
चीनले दिएको ८५ रनको लक्ष्य मलेसियाले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
समूह चरणको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया खेल्दै छन् ।








प्रतिक्रिया राख्नुहोस्