तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक केही समयका लागि स्थगित 

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले हिजो प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको सीमा मिचेको छ भनी दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै अवरोध गरेपछि  अध्यक्ष नारायणप्रसाद दाहालले बैठक २० मिनेटका लागि स्थगित गर्नुभएको छ ।  

अघि बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरु रञ्जित कर्ण, राजेन्द्रलक्ष्मी गैरे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले नेपालको ६२ हजार हेक्टर जमीन भारतले अतिक्रमण गरेको स्पष्ट हुँदाहुँदै  प्रधानमन्त्री शाहले भारतको पक्षमा दिनुभएको अभिव्यक्तिले सारा नेपालको शीर झुकेको बताउनुभयो । 

बैठकमा सांसदहरुले नेपालले भारतको कुन कुन ठाउँमा कति जमिन मिचेको छ भनेर  सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button