तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर तीन पशुचौपाया मरे

मुगु । मुगुको खत्याड गाउँपालिका–५ थाने क्षेत्रमा चट्याङ लागेर तीन वटा पशुचौपायाको मृत्यु भएको छ।

आज करिब ३ बजे वर्षासँगै परेको चट्याङले बाझों खेतमा चरिरहेका स्थानीय कांसि बुढाका एक ब्याउने भैँसी र एक हल गोरु तथा धनबहादुर बुढाको एक भैँसी मरेका हुन्।

घटनापछि प्रहरी चौकी श्रीकोटबाट प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावतको कमाण्डमा तीन सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकीबाट करिब तीन घण्टा पैदल दूरीमा पर्ने जनाइएको छ।

घटनामा मानवीय क्षति नभएको र थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाले जानकारी दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button