तपाईँ सुन्दै हुनुहुन्छः

भारतको उत्तर प्रदेशबाट ठूलो संख्यामा नेपालीको उद्धार गरी नेपाल ल्याइँदै

रुपन्देही । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ठूलो संख्यामा नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याइँदै गरिएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी दिनेश कुँवरका अनुसार उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिहरूलाई अहिले सुनौली नाका हुँदै नेपाल ल्याउने प्रक्रिया जारी छ ।

प्रहरीका अनुसार प्रारम्भिक सूचनाका आधारमा उनीहरूलाई विभिन्न प्रलोभन देखाएर नेपालबाट भारत पुर्‍याई बन्धक बनाइएको आशंका गरिएको छ । सोही सूचनापछि प्रहरी टोली भारत पुगेर उद्धार गरेको हो ।

उद्धार गरिएकाको संख्या ठूलो रहेको भए पनि नेपाल ल्याइसकेपछि मात्रै यकिन विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ । हालसम्म विस्तृत विवरण नआएको र सम्बन्धित टोली नेपाल फर्किएपछि मात्र सबै तथ्य स्पष्ट हुने प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button