तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा पदकविहीन

काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा पदकविहीन भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शुक्रबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । योसँगै भारतले कांस्य पदक सुनिश्चित गरेको छ । जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार दोस्रोपल्ट पराजित भएको हो ।

यसअघि समूह चरणमा भारतले ३–२ को जित निकालेको थियो । योपल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button