बैतडीमा जेसिबिको ठक्करबाट एक जनाको मृत्यु
बैतडी । बैतडीमा जेसिबिको ठक्करबाट एक जनाको मृत्यु भएको छ । यहाँको पुर्चौंडी नगरपालिका–५ का अन्दाजी ४० बर्षीय दलबहादुर बोहराको जेसिबिको ठक्करबाट मृत्यु भएको हो ।
आज बिहान ८ः४५ बजे जिल्लाको पुर्चौडी नगरपालिका–५को सल्लेरी–काटेई ग्रामीण सडक निमार्ण गर्ने क्रममा जेसिबिको बकेटले ठक्कर दिएर घाइते भएका बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो । सडक निर्माण समितिका अध्यक्ष समेत रहेका बोहराको डडेल्धुरा अस्पतालमा बिहान ११ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
सडक नयाँ ट्याक खोल्ने क्रममा जेसिबीको बकेटले लागेर बोहरा घाइते भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । जेसिबि चालक बझाङको बित्थडचीर गाउँपालिका– ५का २५ बर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्