तपाईँ सुन्दै हुनुहुन्छः

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

वीरगञ्ज । पूर्व–पश्चिम महेन्द्र राजमार्गको रौतहटको चन्द्रपुरस्थित सडकखण्डमा आज यात्रुवाहक बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिकाको जुडिबेलास्थित राजमार्गको पूर्वी लच्का नजिकै ना ५ ख ७२४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउने मोटरसाइकल चालक रौतहटकै चन्द्रपुर नगरपालिका—१ पौराई निवासी २६ बर्षीय शेख गुलाम रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार ठक्कर दिने बसका चालक मकवानपुरको गढी गाउँपालिका–३ बस्ने ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चालक ओझालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button