तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा असिनाबाट मकै बाली नष्ट

बैतडी । बैतडीको मेलौली क्षेत्रमा भारी असिना वर्षिएको छ । अपराह्न साँढे ४ बजेदेखि मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेको हो । हिँउसरी असिना वर्षिएको मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दले जानकारी दिनुभयो ।

मेलौलीका वडा न १, ५, ६ र ७ लगायतका क्षेत्रमा भारी असिना परेको नगर प्रमुख चन्दले बताउनुभयो । हिउँ समेत नपर्ने यस क्षेत्रमा असिनाले सेताम्य बनेको मगर प्रमुख चन्दले बताउनुभयो ।

हालसालै लगाएको मकै बालीमा पूर्ण क्षति पुगेको मेलौली–१ का वडा अध्यक्ष सरद नेगीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button