तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेश सभाको वर्षे अधिवेशन आह्वान गरिएको छ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन आगामी जेठ ११ गते दिउँसो १:०० बजेका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यो वर्षे अधिवेशन प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने बागमती प्रदेशका प्रवक्ता प्रभात तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button