नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसिया २ विकेटले पराजित
काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पहिलो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बुधबार सङ्घर्षपूर्ण जित निकालेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई २ विकेटले हराएको हो ।
६८ रनको सामान्य लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्र बनायो । जितसँगै दुई खेलको टि ट्वान्टी सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ ।
दोस्रो खेल शुक्रबार हुने छ । एसियन खेलकुद छनोट खेल्न नेपाली टोली मलेसिया पुगेको हो । छनोट शनिवार सुरु हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्