तपाईँ सुन्दै हुनुहुन्छः

सहिद कप महिला टि–२० क्रिकेटमा सर्लाही तथा पर्सा विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सहिद कप महिला टी–२० क्रिकेट लिग प्रतियोगितामा अन्तर्गत आज भएको दुई खेलमा सर्लाही र पर्सा जिल्ला विजयी भएका छन् ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा जारी सहिद कप अन्तर्गत आज बिहानको खेलमा बारा महिला क्रिकेट टिमलाई सर्लाही जिल्ला महिला क्रिकेट टिमले १८ रनले पराजित गरेको हो ।

पहिलो व्याटिङ्ग गरेर सर्लाहीले २० ओभरको खेला ४ विकेट गुमाएर ११७ रन बनाएका थियो । सर्लाहीका तर्फबाट समृद्धि भुजेलले ३७, सरिस्मा खनालले ३०, तोफा खातुनले ११ र करिना कुमारी यादवले १० रन बनाएका थिए ।

११८ रनको लक्ष्य सहित खेल मैदानमा उत्रेका बारा महिला क्रिकेट टिमले १६.५ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र जोडन सकेका थिए । बाराका तर्फबाट अलिशा यादव एक्लैले १० चौका सहित अर्द्ध शतक प्रहार गरे पनि टिमलाई जिताउन सकिनन् ।  

यसै गरि आजै भएको दोस्रो खेलमा पर्साले रौतहटलाई ८ विकेटले पराजित गरेको छ । रौतहटले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ८२ रन बनाएका थिए । ८३ रनको लक्ष्य सहित व्याटिङ्ग गर्न आएका पर्सा जिल्लाले १२.२ ओभरमा २ विकेटको क्षतिमा ८३ रन बनाएर विजयी भयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button