महिला टि–२० क्रिकेटमा पर्सा तथा रौतहट विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको शहिद कप महिला टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत आज भएको दुई खेलमा रौतहट र पर्सा जिल्ला विजयी भएको छ ।
जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा जारी रहेको शहिद कप अन्तर्गत आज बिहानको खेलमा बारा महिला क्रिकेट टिमलाई पर्सा जिल्ला महिला क्रिकेट टिमले ७ विकेटले पराजित गरेको हो ।
पहिलो व्याटिङ्ग गरेर बाराले २० ओभरको खेला सबै विकेट गुमाएर १०३ रन बनाएका थिए । बाराका तर्फबाट अलिसा यादवले ३८, प्रियङ्का यादवले १० र किरन सर्राफले १० रन बनाएका थिए । उक्त टिमले २९ रन अतिरिक्त पाएका थिए ।

१०४ रनको लक्ष्य सहित खेल मैदानमा उत्रेका पर्सा महिला क्रिकेट टिमले १५ ओभरमा ३ विकेटको क्षतिमा १०४ रन बनाउँदै विजयी भएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । पर्साका तर्फबाट साना प्रविन एक्लैले ४४ रन बनाएका थिए ।
यसैगरी दोस्रो खेलमा रौतहटले सर्लाहीलाई डिएलएस पद्धतिबाट २९ रनले पराजित गर्दै विजयी भएको छ ।
रौतहटले २० ओभरमा १२५ रन बनाएकोमा व्याटिङ्ग गर्न आएका सर्लाहीले वर्षाका कारणले १० ओर खेल्दै तोकिएको लक्ष्य अनुसार रन नबनाउँदा २९ रनले पराजित भएका थिए ।







प्रतिक्रिया राख्नुहोस्