तपाईँ सुन्दै हुनुहुन्छः

कवि पौडेलको प्राज्ञिक संलापको विमोचन

काठमाडौँ । नेपाली कला र साहित्यमा घोच पेच हुँदै आफ्नो विरुद्धमा समेत कमल चलाउनेहरू मध्ये दिल बहादुर पौडेल एक हुन । उनले २०५० साल भन्दा अगाडी आफ्ना बुवा कक्षहरूले विवाह व्रतबन्धमा भनेको श्लोकबाट प्रेरणा लिँदै र सिक्दै सुरु गरेका कविता प्रकाशन गरेका छन् ।

आफ्ना मन भित्र गुडिएर रहेका शब्दहरू केलाउँदै, अरूले गरेका राम्रा नराम्रा कुराहरूलाई कविताका माध्यमबाट जनचेतना जगाउने अभिप्राय कवि दिल पौडेलमा रहेको पाइन्छ । साथीहरूको लहैलहैमा लागेर कविता छाप्ने र सबैलाई निःशुल्क दिने भन्दै २०५० सालमा अधुरो जिन्दगी उपन्यास प्रकाशन गर्दा साथीहरूले दिएको रकमबाट नपुगेर भए पछि श्रीमती सुमिता कुमारी अधिकारीसँग सहयोगको अपेक्षाबाट गलामा लगाई राखेको तिलहरी दिएपछि हर्षित हुँदै श्रीमतीको खुसीलाई सँगाल्दै तिलहरी बेचेर कविता प्रकाशन गरेको शुल्क बुझाएका थिए । 

दुधौली ७ सिन्धुलीको खोचमा जन्मेका कवि दिल पौडेल सिन्धुपाल्चोक जिल्लामा जागिरे जीवन बिताइरहेको अवस्थामा सेतो घोडा नाम कविता प्रकाशन गरेबापत पुरस्कार स्वरूप हाकिमले चढेको सेतो घोडाको बारेमा जथाभाबी लेखेको भन्दै हाकिमले सरुवा गरिदिएका थिए । 

साहित्य क्षेत्रमा जमघट हुने स्थलहरूको खोजी गर्दै नेपाली साहित्यिक कृतिहरूको अध्ययन समालोचना, प्रजातन्त्र संयुक्त हाइकु, कात्रोमा मेरो देश, अचानो मन, अतीतका अवशेष, काउसो जुन, मेरो देशको सेल्फी प्राज्ञिक संलाप, नेपाली साहित्य सिन्धुली, दिलको सृष्टि अध्येताको दृष्टि जस्ता कविता साहित्य सृजना भएको छ । नागार्जुन वाङमय प्रतिष्ठान, दुधौली एफ एम र दुधौली प्रज्ञा प्रतिष्ठानको नेतृत्व लिँदै आएका कवि दिल पौडेल जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार २०८२बाट सम्मानित भएका थिए । 

२०८० साल तिर टिकाथलीको एउटा सानो चिया पसलमा भेट गर्दै गर्दा तिखो, छुद्र बचन प्रहार गरेको देख्दा र सुन्दा नराम्रो लाग्दै गर्दा केही छिनको पखाई पछि उनको व्यवहारमा देखिएको परिवर्तन र अर्काको दुखमा आफ्नै दुख सम्झेर सहयोगी भावनाले सहयोग गरेको देख्दा प्रफुल्लित हुन कर लाग्यो । हालै मात्र कवि र साहित्यकारहरूको भावनालाई समेटेर लामो अन्तर्वार्ता पुस्तक प्रकाशन गरि सबैको भावना सङ्कलन गरेका छन् । उनको मनलाई त सँगाल्न सकिएन भने कृति कसरी सँगाल्नु ! कवि पौडेलको कसैले सङ्कलन गर्न नसक्ने गरी प्रकाशित भएका कविता र उपन्यास कमला खोजका सर्प, सेतो घोडा, कात्रोमा मेरो देश, अचानो मन, जस्ता घोचपेच कविताहरू प्रकाशन भई यत्रतत्र भएका देखिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button