तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा)लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा(१) बमोजिम उहाँलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button