तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button