तपाईँ सुन्दै हुनुहुन्छः

पाथीभरा(मुकुम्लुङ)मा केबलकार खारेजीको माग गर्दै आन्दोलनको घोषणा

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ)क्षेत्रमा केबलकार निर्माण कार्यअविलम्ब खारेजीको माग गर्दै पुनःआन्दोलको घोषण गरेको छ ।

मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले ताप्लेजुङको फुङलिङमा बुधबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सरकारसँग निरन्तर वार्ता, संवाद र छलफल भइरहेको अवस्थामा समेत स्थानीय प्रशासन र सम्बन्धित पक्षलाई केबलकार निर्माणका सबै कार्य रोक्ने सरकारले दिएको निर्देशनलाई बेवास्ता गर्दै कामलाई निरन्तरता दिइएको जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

सङ्घर्ष समितिको घोषित कार्यक्रम अनुसार वैशाख ३० गते ताप्लेजुङ, फुङ्लिङ र काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरिने, जेठ ५ गते विभिन्न राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै जेठ ९ गते विभिन्न सङ्घसंस्थासँग अन्तरक्रिया, जेठ ११ गते कालो झन्डासहित कोणसभा, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षारोपणसहित विरोध प्रदर्शन गरिन सङ्घर्ष समितिले जनाएको छ ।

लिम्बु समुदायको पवित्र धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पाथीभरा(मुक्कुम्लुङ)लाई  झुटा, फर्जी तथा नक्कली दस्ताबेजको आधारमा अतिक्रमण गरिएको दाबी विगत लामो समय देखि आन्दोलित हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button