राष्ट्रिय सभा बैठक: अभौतिक सम्पदा विधेयक प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक असाँस्कृतिक सम्पदा संरक्षण विद्येयक २०८१ सम्बन्धी प्रतिवेदन पेश भएको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले अभौतिक असाँस्कृतिक सम्पदा संरक्षण विद्येयक २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।
यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८३÷८४ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुहुने र छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
यसअघि, राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाह सदनप्रति जबाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको आकस्मीक समयमा बोल्ने सांसदहरुले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिमा वीचमा उठेर हिँड्ने तथा संसदमा अनुपस्थित हुने जस्ता अमर्यादित, अशोभनीय व्यवहार देखाउनुभएको भन्दै संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभयो ।
यस्तै सांसदहरुले सुकुम्वासीहरुलई उचित व्यवस्थापनबिनै सरकारले घरवासविहीन बनाएको उल्लेख गर्दै घरवासविहीन सुकुम्बासीहरुलाई उचित बास,गास तथा रोजगारको व्यवस्थापन गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अहिले राष्ट्रिय सभाको बैठक आकस्मिक कारण भन्दै केही समयका लागि स्थगित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्