स्विमिङ पुलमा पौडी खेल्दा चिकित्सकको मृत्यु
पोखरा । पोखरा महानगरपालिका–बुलौंदीस्थित एक स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक चिकित्सकको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर डा.अमिर उप्रेतीको मृत्यु भएको एक स्थानीयले बताउनुभयो ।
गण्डकी मेडिकल कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षका रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत उप्रेतीको साथीसँगै पौडी खेल्दा अचानक पानीमा डुबेर मृत्यु हुनुमा थप केही कारण हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । साथीहरूले तत्काल उद्धारको प्रयास गरे पनि उप्रेतीलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेत ले उक्त घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पौडी खेल्न जान्ने व्यक्ति नै स्विमिङ पुलमै डुबेर मृत्यु भएको घटनामा थप केही रहस्य हुन सक्ने आशङ्कासहित प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्