तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका  विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दियाबाट चार, सुनसरी र झापाबाट तीन÷तीन, काठमाडौँ र ललितपुरबाट दुई÷दुई तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक÷एक जनालाई पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button