तपाईँ सुन्दै हुनुहुन्छः

इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–२ स्थित न्यू बाबा फिक्स इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–८ पाँच तल्ले निवासी दिल बहादुर राना मगरका दुई वर्षीय छोरा हिरा बहादुर राना मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिनुभयो । 

औरही-२ हरि नारायण यादवको न्यू बाबा फिक्स इँटा उद्योगमा खनिएको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरी प्रवक्ता भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button