तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाहरूलाई हिंसात्मक गतिविधिमा जानबाट रोक्न मधेशका गृहमन्त्रीको अपिल

जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मधेशका जिल्लामा भइरहेको अप्रिय घटनाहरूमा बालबालिकाको सहभागिता बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

मन्त्री महतोको निजी सचिवालयमार्फत जारी गरिएको अपिलमा सडक प्रदर्शन, जुलुस तथा भिडभाडमा कलिला बालबालिका र युवाहरूको संलग्नता देखिएकाले अभिभावकहरूलाई आ–आफ्नो बालबालिकामा निगरानी बढाउनका लागि आग्रह गर्नुभएको हो ।

मन्त्री महतोले अभिभावकलाई आफ्ना सन्तानको गतिविधिमा निगरानी राख्न, कुनै पनि किसिमको उक्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिनका लागि सम्पूर्ण प्रदेशका अभिभावकहरूमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button