उदयपुरका आठ पालिकामध्ये उत्कृष्ट बन्यो कटारी नगरपालिका
उदयपुर । उदयपुर जिल्लाका आठ स्थानीय तहमध्ये संस्थागत क्षमता, सुशासन र सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्दै कटारी नगरपालिकाले पहिलो स्थानमा हासिल गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा उच्च अंक प्राप्त गरेपछि कटारी नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका घोषित हुँदै जिल्ला समन्वय समिति उदयपुरद्वारा सम्मानित भएको छ ।
शुक्रबार सम्पन्न जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभाको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी सान्नानी अधिकारीले कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ लाई सम्मानपत्र प्रदान गर्दै नगरपालिकालाई सम्मान गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनअनुसार कटारी नगरपालिकाले ८४.५० अंक प्राप्त गर्दै जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तहमध्ये उत्कृष्ट स्थान हासिल गरेको हो ।
लिजा मूल्याङ्कनमा स्थानीय तहको योजना तर्जुमा, वित्तीय अनुशासन, सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन, पारदर्शिता, सामाजिक समावेशिता तथा विकास निर्माणको प्रभावकारितालाई आधार मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्