काँग्रेस संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विपक्षमा : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान निर्माणको बेलामा राखिएको आशय विपरीत सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकोले काँग्रेस त्यसको विपक्षमा रहेको बताउनुभएको छ ।

पार्टीका सांसदहरूलाई आज संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएर बाहिरिने क्रममा सभापति थापाले सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि संविधानको परिधि नाघ्न नहुने बताउनुभयो ।
सभापति थापाले संवैधानिक निकायमा प्रधानमन्त्रीको नियन्त्रण नरहोस् भनेर संवैधानिक परिषद्को व्यवस्था गरिएको भए पनि सरकारले आफु अनुकूलका व्यक्तिलाई नियुक्ति दिनकै लागि जालझेल गरेर अध्यादेश ल्याएको बताउनुभयो ।
सभापति थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका क्रममा राज्य क्रूर र कठोर हुन नहुने बताउनुभयो ।
सभापति थापाले विद्यालय भत्काउने र नागरिकलाई घरबारविहीन बनाउने जस्ता काम लोकतन्त्रमा कल्पना पनि गर्न नकिने भन्दै राज्यको डोजर आतङ्क स्वीकार्य नरहेको बताउनुभयो ।
आगामी संसद् बैठकमा पार्टीको भूमिकाबारे जानकारी दिन नेपाली काँग्रेसले आज संघीय संसद्को दुवै सदनका सांसदहरूलाई प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा सदनमा विधायकले खेल्ने भूमिका, सरकारले ल्याएका अध्यादेश र सुकुम्वासी बस्ती डोजर चलाइएको सम्बन्धमा सांसदहरूलाई पार्टीको धारणाबारे जानकारी दिइएको नेपाली काँग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्