तपाईँ सुन्दै हुनुहुन्छः

फेवातालमा पौडी खेल्ने क्रममा १० वर्षीय बालकको मृत्यु

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा पौडी खेल्ने क्रममा १० वर्षीय बालकको डुबेर मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ खपौदी निवासी आरेस लामा आज बिहान करिब ११ः१५ बजे तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता हुनुभएको थियो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा खटिएको ७ सदस्यीय गोताखोर टोलीले करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएकोमा दिउँसो १२ः१५ बजे चिकित्सकहरूले उहाँलाई मृत घोषणा गर्नुभएकाे  िथियाे ।

यस दुःखद घटनाले पोखराका ताल तथा जलाशय क्षेत्रमा बालबालिकाको सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ । गर्मी सिजनमा विशेषगरी अभिभावकको निगरानी, सुरक्षित पौडी अभ्यास र चेतनामूलक कार्यक्रमको आवश्यकता अझ बढेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button