आइसिसी विश्वकप क्रिकेट लिग: नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य
काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईलाइ २९० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा नेपालले २९० रनको लक्ष्य दिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक सय रन बनाउनुभयो । उहाँले ९४ बलमा १३ चौका र एक छक्का हान्नुभयो ।
यस्तै ओपनर विनोद भण्डारीले ५६ रन, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११/११ रन बनाउनुभयो ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई तथा हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्