तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुने

नेपालगञ्ज। नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ ।

एफसी संघारीको आयोजनामा ५० हजार पुरस्कार राशीको भेट्रान फुटसल प्रतियोगिता हुन थालेको हो । आदर्शनगरमा रहेको बागेश्वरी फुटसल मैदानमा बैशाख १५ र १६ गते प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विक्रम पाण्डेले जानकारी दिनुभयो । नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।

प्रतियोगितामा बाँके, बर्दिया र दाङका १८ वटा क्लबले भाग लिएका छन् । ३५ वर्षमाथिका खेलाडीलाई समेटिएको यो भेट्रान प्रतियोगिताको विजेतालाई ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेतालाई २५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र दिइनेछ ।

प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको अध्यक्ष पाण्डेले बताउनुभयो । पछिल्ला वर्षहरुमा बाँकेमा फुटसल क्रेज बढ्दै गएको छ । नेपालगञ्जमा ३ र कोहलपुरमा २ वटा फुटसल मैदान रहेको छ । विगतमा फुटबल खेलेकाहरू भेट्रान प्रतियोगितामा उत्साहित देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button