तपाईँ सुन्दै हुनुहुन्छः

दशौं भक्तपुर महोत्सव सम्पन्न

भक्तपुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव समापन भएको छ । 

चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिब १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

“उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर आयोजित  महोत्सवमा करिब ३ करोड रुपैंया बराबारको व्यापार भएको अध्यक्ष महतले बताउनुभयो । 

दैनिक रुपमा चर्चित कलाकारहरूले साङ्गीतिक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई रहेको छ । 

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस्ता खालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा रतिश गिरी प्रथम हुदैं नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।  रेम्बो तामाङ र रेविका लामाले सान्त्वना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् । उक्त अवसरमा समय समाज साप्ताहिककी पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button