तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज दिउँसो सवा ४ बजेदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा विभिन्न नौ वटा कार्यसूचीमा छलफल हुने रास्वपाले जनाएको छ ।

बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधन,स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आव्हान, प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने, सचिवालयका निर्णय अनुमोदन लगायतका विषयमा छलफल हुने जनाइएको छ । 

त्यसैगरी, बैठकमा विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार, विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन, संसदीय दलको विधान संशोधनका बारेमा पनि छलफल हुने रास्वपाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button