तपाईँ सुन्दै हुनुहुन्छः

‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप सुरु

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–४ डी–गाउँमा एम्टी एरिना प्रथम खजुरा गोल्डकप सुरु भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा गोल्डकप सुरु भएको हो । 

प्रतियोगिताको आज अपराह्न खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गर्नुभयो । अध्यक्ष विकले गोल्डकपलाई आगामी वर्षदेखि बजेटमै राखेर निरन्तरता दिइने बताउनुभयो । उहाँले युवाहरूको उत्साहलाई साकार पार्न स्थानीय सरकारले हातेमालो गरेको बताउनुभयो ।

प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ । क्लबका अध्यक्ष बालाराम खत्रीले करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतियोगिताको विजेतालाई ७ लाख रुपैयाँ र द्वितीयलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता बैशाख ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उद्घाटन खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र सङ्कटा स्पोर्ट्स क्लबबिच प्रतिस्पर्धा भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button