तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्यालद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सभामुखको कार्यभार सम्हाल्नु भएको हो । उहाँलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button