तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा बेपत्ता पुरुषको दुई दिनदेखि खोजी जारी

बैतडी । महाकाली नदी मा बगेर बेपत्ता भएका बैतडीका एक पुरुषको खोजी कार्य दुई दिनदेखि जारी रहेको छ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४, बन्नाका ६४ वर्षीय कृष्ण चन्द मंगलबार बिहान करिब साढे ११ बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

बेपत्ता चन्दको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल संयुक्त रूपमा परिचालित छन्।

यसैगरी भारतीय सशस्त्र सीमा बल सँग समन्वय गरी नदीमा र्याफ्टिङमार्फत खोजी कार्य तीव्र बनाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो।

मंगलबार नै बेपत्ता भएको जानकारी पाएलगत्तै खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। सम्भावित स्थानहरूमा गोताखोर टोली परिचालन गर्नुका साथै नदी किनार आसपासका क्षेत्रहरूमा समेत व्यापक रूपमा खोजी भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button