तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको बैठक च्यासलमा, दलका नेता र सचेतक चयन हुने

काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठक पार्टीको केन्द्रिय कार्यालय ललितपुरको च्यासलमा अहिले बसिरहेको छ ।

भोलिदेखि संसद्को अधिवेशन सुरु हुने भएपछि आजको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने नेकपा एमालेले जनाएको छ । साथै, बैठकले प्रमुख सचेतक र सचेतकको पनि चयन गर्नेछ ।

नेकपा एमाले संसदीय दलको बैठकमा पार्टीका उपाध्यक्ष र महासचिवसहित नेताहरू पनि सहभागी हुनुहुन्छ ।

प्रतिनिधिसभामा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी जम्मा २५ जना सांसद हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button