सरकारले गरेको सकारात्मक परिवर्तनको समर्थनमा वीरगञ्जमा मोटरसाइकल र्याली
वीरगञ्ज । नव निर्वाचित प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गरेको सकारात्मक परिवर्तन प्रति समर्थन जनाउँदै आज वीरगञ्जमा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।

विकास, सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाउँदै समाजसेवी तेज शमशेर जबराको नेतृत्वमा सयौँ युवाहरूको सहभागितामा र्याली सम्पन्न भएको हो । र्याली पावरहाउस चोकबाट सुरु भई घण्टाघर, माइस्थान, आदर्शनगर र अलखियामठ हुँदै पुनः घण्टाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा युवाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले वर्तमान सरकारका काम सकारात्मक रहेको भन्दै समर्थनमा नाराबाजी गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जबराले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै सकारात्मक परिवर्तनका सङ्केत देखिन थालेको बताउनुभयो । उहाँले राम्रो कामको खुलेर समर्थन गर्न सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका अर्का युवा जावेद इकबाल हैदरले युवाहरूको सक्रिय सहभागितालाई परिवर्तनको सकारात्मक सङ्केतका रूपमा व्याख्या गर्दै विकास र समृद्धिको यात्रामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्