तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग विशेष छलफल गर्नुभएको छ।

 प्रधानमन्त्री शाहले  आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुदूरपश्चिमबाट निर्वाचित भएका सांसदहरूसँग छलफल गर्नुभएको हो।

प्रधानमन्त्री शाहले सुदूरपश्चिमबाट निर्वाचित भएका विभिन्न दलका सांसदहरूसँग छलफल गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँले सुदूरपश्चिम प्रदेशका समस्या त्यहाँका स्थानीयको मागबारे बुझ्नुभएको थियो । प्रधानमन्त्री शाहले हिजो कोसी र कर्णाली प्रदेशबाट निर्वाचित भएका सांसदहरूसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button