तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिन–नागढुंगा सडक तीन दिन राती बन्द हुने

काठमाडौँ । मुग्लिन–नागढुंगा सडक भोलीदेखि तीन दिन रातिको समयमा बन्द गरिने भएको छ ।

चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर लगायत स्थानमा सडक स्तरोन्नति गर्न भोलि चैत १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै सडक आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button