तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन 

काठमाडौँ । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको अध्यक्षतामा राजनीतिक दलहरूको प्रतिनिधित्वसहित कार्यदल गठन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताउनुभयो ।

मन्त्री पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र अनुरूप राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहस पत्र तयार गरिने बताउनुभयो ।

यस्तै, पत्रकारहरूको जिज्ञासामा प्रवक्ता पोखरेलले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको बताउनुभयो । 

मन्त्री पोखरेलले भदौ २४ गतेको घटनामा संलग्नहरू धेरै पक्राउ परिसकेको र २३ गतेको घटनाको कोही पनि पक्राउ नपरेको अवस्थामा सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गरेको बताउनुभयो । 

मन्त्री पोखरेलले २४ गतेको घटनाको जाँचबुझ गर्न छुट्टै समिति बनाउने विषयमा कानुनी परामर्श भइरहेको पनि मन्त्री पोखरेलले बताउनुभयो ।

यस्तै सरकारले ब्रिज कोर्स नगर्न जारी सूचनाको बारेमा मन्त्री पोखरेलले तत्कालका लागि एसइई दिने विद्र्यार्थीहरुलाई लक्षित गरी कक्षा ११ मा भर्ना गर्न भन्दै लिइने कोर्सहरू रोक्ने निर्णय भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button