तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओलीको रिहाइको माग्दै एमालेद्वारा देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

एमालेले पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताउनुभयो ।  

काठमाडौँ, ललितपुर र भक्तपुरमा एमाले जिल्ला कमिटीले आ–आफ्नो जिल्ला प्रशासन कार्यालयबाट एमाले अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button