तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री श्रेष्ठद्वारा मन्त्रालयअन्तर्गतका महाशाखाको स्थलगत अनुगमन, सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले आज मन्त्रालयअन्तर्गतका सम्पूर्ण महाशाखाको समग्र अवस्था, प्रगति तथा विद्यमान चुनौतीहरूको विषयमा स्थलगत अनुगमन तथा विस्तृत समीक्षा गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनेतर्फ जोड दिँदै सम्बन्धित निकायलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन निर्देशन दिनुभयो । 

उहाँले राष्ट्रको ऊर्जा विकास, जलस्रोतको दिगो उपयोग तथा सिँचाइ प्रणालीको सुदृढीकरणमार्फत समग्र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button