दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार प्रा.डा.आचार्यलाई

काठमाडौँ । यस वर्षको “दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार” प्रा.डा.जयराज आचार्यलाई प्रदान गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.शुरेशराज शर्माले आज काठमाडौँमा आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ राशिको सो पुरस्कार प्रा.डा. आचार्यलाई प्रदान गर्नुभयो।
सो अवसरमा प्रा.डा. शर्माले स्मृति केन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएको भनी खुसी व्यक्त गर्नुभयो ।

पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याय र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल रहनुभएको प्रतिभा चयन उपसमितिको सिफारिसका आधारमा प्रा.डा. आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिनुभयो ।
वि.सं.२०६२ सालमा स्थापित स्मृति केन्द्रले हालसम्म राष्ट्रिय महत्त्वका विभिन्न विषयमा योगदान दिनुहुने १८ जनाभन्दा बढी विद्वत् प्रतिभालाई सम्मानसहित पुरस्कार प्रदान गरिसकेको छ।









प्रतिक्रिया राख्नुहोस्