तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उहाँ मन्त्रालयमा पुगेर पद बहाली गर्नुभएको हो । उहाँलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

पेसाले नर्स उहाँ रास्वपामा स्थापनाकालदेखि नै आबद्ध हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिनुभएको हो । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नातकोत्तर गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button