नयाँ प्रधानमन्त्रीको स्वागतका लागि सिंहदरबारमा सरसफाइ

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको स्वागतका लागि प्रधानमन्त्री कार्यालयमा सरसफाइ कार्य तीव्र पारिएको छ ।
प्रधानमन्त्रीको कार्यकक्ष व्यवस्थापन, फर्निचर, र बैठक कक्षको विशेष सरसफाइ गरिएको छ ।
परिसरको सौन्दर्यीकरण, सिंहदरबारभित्रका बगैँचाहरूमा नयाँ फूलका गमलाहरू सजाइएको छ भने इनडोर प्लान्टहरू राखेर कार्यालयलाई वातावरणमैत्री बनाइएको छ।

प्राविधिक तयारका साथै प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने क्रममा प्रयोग गर्ने डिजिटल उपकरण, इन्टरनेट, र टेलिफोन लाइनहरूको प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ।















प्रतिक्रिया राख्नुहोस्